AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०८१, आईतवार १८:३६
1.34k
Shares
विराटनगर / विराटनगरका चर्चित इएनटी सर्जरी डाक्टर कैलाशकुमार श्रेष्ठसहितका तीन जना चिकित्सकहरु मिलेर ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका छन् ।

डाक्टर श्रेष्ठसहित पेट, फोक्सो, छाती, मुटु, कलेजो, थाईराइड, मृगौला, नसा, बाथ प्रेसर मधुमेह रोग विशेषज्ञ डा. अरविन्द देव र एनएस थेसिया डा. मनोज रायले मिलेर विराटनगर – ४ बरगाछीस्थित लाइफ गार्ड हस्पिटल छेउमा ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका हुन् ।

लाइफगार्ड हस्पिटल स्थापना गर्ने चिकित्सक इएनटी सर्जरी डाक्टर श्रेष्ठसहित, डा. देव र राय आफ्नो सेयर निकालेर हेल्थ कियर संचालनमा ल्याएका हुन् । आधा दर्जन संचालकको सेयर सदस्य रहेको लाइफ गार्डमा आन्तरिक द्धन्द्ध भएपछि डा. श्रेष्ठसहितको अन्य चिकित्सकहरु बाहिरिएका छन् । उनीहरुले संचालनमा ल्याएको होप हेल्थ केयरमा हार्डजोनी तथा नशा रोग, स्त्री तथा प्रसूती र नवजात शिसुको उपचार हुने गरेको छ । त्यसैगरी मृगौलाको पत्थरी, मुत्रनलीको पत्थरी, प्रोस्टेड र यूरोलोजी सम्बन्धी सम्पूर्ण उपचार हुने गरेको डा. श्रेष्ठले जानकारी दिए । त्यसैगरी जनरल सर्जरी देखि नाक, कान घाटीको सम्पूर्ण उपचार हुने गरेको छ । ‘एउटै छानामूनिक सम्पूर्ण स्वास्थ्य उपचार सेवा दिने पवित्र उद्देश्यले अहिले होप हेल्थ केयर संचालनमा ल्याएका छौं,’ डा. श्रेष्ठले भने, ‘अहिले सिमित सेवाहरु रहेको छ । विस्तारै थप उपचार सेवाहरु थप हुँदै जानेछ ।’

होप हेल्थ केयरमा अत्याधुनिक उपकरणहरुबाट ल्याब परीक्षण हुने गरको म्यानिजिङ्ग डाइरेक्टर केदरनाथ साहले बताए । रगतबाट जाँच हुने सम्पूर्ण ल्याब परिक्षण अत्याधुनिक नयाँ लेटेस प्रविधिबाट हुने गरेको उनले बताए । ‘होप हेल्थ केयरबाट हुने ल्याब परीक्षणमा दक्ष प्राविधिकहरुबाट क्वालिटी कन्ट्रोल पनि हुने गरेको छ,’ उनले भने , ‘हामीले गुणस्तरीय स्वास्थ्य उपचारको लागि यसरी नयाँ लेटेस प्रविधिहरु भित्र्याएर उपचार सेवा सुरु गरेका हौं ।’ होप हेल्थ कियरमा अहिले दैनिक तीन दर्जन बढी विरामीहरुले सेवा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर