AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका एभरेष्ट स्कुलका सुशान्त टेबलटेनिस सिंगल्समा प्रदेश प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा छनौट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ जेष्ठ २०८१, शनिबार २०:३२
612
Shares
विराटनगर / विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलका सुशान्त मेहेता टेबलटेनिसको कोशी प्रदेशस्तरीय छनौट प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् ।

आज सुनसरीको इटहरीमा सम्पन्न छनौट प्रतियोगिताबाट कोशी प्रदेशको तर्फबाट छात्र तर्फबाट ४ जना र छात्रा तर्फबाट ४ जना छनौट भएका हुन् । छनौट हुनेमा मोरङबाट छात्र तर्फ मेहतासंगै यथार्थ आचार्य र छात्रा तर्फ विज्ञता थापा र मानसी सेठिया छनौट भए ।

यसैगरी सुनसरीबाट छात्र तर्फ गौतम तामाङ र स्वर्णिम कार्की तथा छात्रा तर्फ सुलेखा कुमारी ठाकुर र सुधा पोखरेल छनौट भएको टेबलटेनिस संघका केन्द्रीय सदस्य अनुज वानीयाँले जानकारी दिए।

छनौट प्रतियोगितामा कोशी प्रदेशका ६ जिल्लाले सहभागिता जनाएका थिए । छनौट हुने खेलाडीले जेठको ३० देखि ३२ सम्म गण्डकीको पोखरामा हुने अण्डर १५ विद्यालय खेलकुद प्रतियोगितामा भाग लिनेछन् । उक्त प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, रग्वी र बास्केटबलका विभिन्न स्पर्धाहरू हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर