खबर पूर्वाञ्चल

केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । “केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८०/१०/०३ गतेदेखि २०८०/१०/०५ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराइन्छ,” महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।
यसअघि निर्णय भएको माघ ३, ४ र ५ गते महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन हुने महानगरले जनाएको छ । बुधबारदेखि एक समारोहका बीच शहीद रंगशालामा निङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन हुँदैछ ।