खबर पूर्वाञ्चल
विराटनगरमा आज भएको सहकारीको १५ औं वार्षिक साधरणसभामा सहकारीले कर पछिको खुद नाफा सो बारवार गरेको जानकारी गराएको हो ।
सहकारीको आर्थिक प्रतिवेदन अनुसार सहकारीले ऋणबाट १ करोड ७१ लाख ५३ हजार ५३ रुपैयाँ, लगानी आम्दानीबाट ६ लाख १४ हजार १ सय ४४ रुपैयाँ, संचालन आम्दानी १८ लाख ६२ हजार २५२, कर्जा जोखिम कोष फिर्ता ५८ हजार ९२८ रुपैयाँसहित कुल आम्दानी १ करोड ९५ लाख ८१ हजार ७५० रुपैयाँ आम्दानी गरेको लेखा समितिका संयोजक अविनाशकुमार निधीले जानकारी दिए ।
सहकारीको शेयर पूँजी २ करोड ३१ लाख १५ हजार ७ सय रुपैयाँ, निक्षेप हिसाव ९ करोड ६६ लाख ९४ हजार ७६१, ऋण लगानी हिसाव ११ करोड १२ लाख ६८ हजार २५, बैंक तथा नगद मौज्जादत २ करोड १० लाख ५४ हजार ५०९ रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ ।
सोही अवसरमा सहकारीले १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । यसैगरी सर्वोकृष्ट बचत कर्ता रजिता घिमिरे र प्रकाश अधिकारीलाई सम्मान गरियो । सर्वोकृष्ट उद्यमी लक्ष्मी देवी पौडेल र पारसमणि आचार्य पुरस्कृत भए ।
सहकारीको नवनिर्वाचित पदाधिकारी, सदस्य र लेखा समिति संयोजक र सदस्यहरुले पनि शपथ ग्रहण गरेका थिए । सहकारीको अध्यक्षमा राजेन्द्रप्रसाद खनाल र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सदस्य समेत सर्वसम्मत चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सितादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीले आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।