AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश अध्यक्षमा पराजित विनोद ढकाल एमालेको केन्द्रीय सदस्यबाट भए पदमुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०८०, शुक्रबार १८:१७
3.95k
Shares
विराटनगर । प्रदेश अध्यक्षमा पराजित नेकपा एमालेका नेता विनोदप्रसाद ढकाल केन्द्रीय सदस्यबाट पदमुक्त भएका छन् । एमालेको विधानको धारा ६७ (४) अनुसार उनी पदमुक्त भएका हुन् ।

उक्त धारामा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा उसको पद स्वत गुम्ने प्रावधान छ ।

ढकाल केन्द्रीय सदस्य हुँदाहुँदै कोशी प्रदेश कमिटीको अध्यक्षमा पराजित भएका थिए । ढकाल घनश्याम खतिवडासँग पराजित भएका थिए । एमालेले प्रदेश अध्यक्षलाई पोलिट्ब्युरो सदस्य सरहको मान्यता दिएको छ ।

ढकालसँगै केन्द्रीय सदस्यको पद गुमाउनेहरुमा प्यूठानका हरि रिजाल, मकवानपुरका कृष्णप्रसाद दाहाल र लमजुङका मायानाथ अधिकारी छन् । उनीहरु केन्द्रीय कमिटीको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उमेदवारी दिएर निर्वाचनमा पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर