AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०८०, बुधबार १२:४८
189
Shares
विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज १९ गते विश्वासको मत लिने भएका छन् ।

कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।

कार्की सर्वाेच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धब थापाले विश्वासको मत लिने प्रयोजनमा सभाध्यक्षको पनि मत लिएको भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वाेच्च अदालतले थापालाई पदमुक्त गरि कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउने संभावना भने अहिलेसम्म देखिएको छैन ।

प्रदेशसभामा एमालेको ४० सांसद रहेपनि उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्ने भएकोले मतदानमा सहभागी हुन पाउँदिनन् । त्यो अवस्थामा कार्कीले ३९ मत मात्र पाउने देखिएको छ ।

यसअघि एमालेको गठबन्धनमा रहेको राप्रपाले पनि विश्वासको मत पाउने अवस्था नदेखिएमा कार्कीलाई मत नदिने बताएको छ । राप्रपाले उनलाई मत दिएपनि ४५ मत मात्र पुग्छ । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ४७ सांसदको मत आवश्यक पर्छ ।

सर्वाेच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हन् ।

उनले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको पनि असोज २० गते ३० दिन पुग्दैछ ।

असोज २० गते नै विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आजको बैठकमा गत २४ भदौमा सरकारले ल्याएको अध्यादेश टेबल हुनेछ ।

विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् । उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर