खबर पूर्वाञ्चल
मोरङ अदालतलले आज २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।
अदालतको आदेशबाट पक्राउ परेका विराटनगर १२ का २१ वर्षीया राजकुमार कामत, सोही ठाउँका १९ वर्षीया विवेक कामत र २२ वर्षीया श्रीकान्त दास कारागार चलान भएको मोरङ अदालतले जनाएको छ ।
जेठ ३ गते विराटनगर महानगरपालिका वडा नं. ३ पिपलचौक स्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन (अन्दाजी मुल्य २० लाख) र ३६ के.जी. चाँदी (अन्दाजी मुल्य ४१ लाख) गरी जम्मा ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।
सुन चाँदी चोरी गरेको एक सातापछि जेठ ११ गते विराटनगर ३ बाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट चोरीको चाँदीको गरगहना ३५ केजी र सुन ८ ग्रामसहित पक्राउ गरी डाका चोरी मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धान पुरा गरेपछि मंगलबार मोरङ जिल्ला अदालतमा अभियाग पेश भएको थियो ।