खबर पूर्वाञ्चल
विराटनगरमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ईलाका प्रहरी कार्यालय स्तर सम्म रहेका नागरिक सहायता कक्षलाई अझ व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताएका हुन् ।
‘सेवाग्राही संग नम्र, मृदुभाषा प्रयोग गर्ने,क्षमतावान प्रहरी कर्मचारीहरूलाई जिम्मेवारी दिईनेछ,’ उनले भने ।
डिआइजी बास्तोलाले प्रहरी कर्मचारीहरुमा दरवन्दीमा गएर काम गर्नु पर्ने भन्ने भावनाको विकाश गराउन लागि पर्ने बताए । ‘काज पद्दतीलाई व्यक्तिको आवश्यक्तामा भन्दा कार्यालयको आवश्यक्तामा गर्ने परिपाटीको थालनी गर्नेछु,’ उनले भने, ‘ प्रधान कार्यालयको सरूवा नीति अनुसार सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो तोकिएको दरवन्दीमा अनिवार्य रूपमा रवाना गराएर पढाउनेछु ।’
भष्टचारमा शुन्य सहनशिलताको नीति कडाईका साथ अवलम्बन गरेर अगाडी बढने उनले बताए । प्रहरी पोशाक, डियुटी दुरूस्त गर्ने, नम्र र शिष्ट भई कडाईका साथ कानूनको पालना गराउन आफु लागि पर्ने उनले बताए ।
फरार अपराधि पक्राउ तथा पेण्डिङ मुद्दाको फलोअपलाई तिब्रता दिएर अगाडी बढने डिआइजी बास्तोलाले बताए । ‘सम्मानित अदालत सँगको समन्वय र सहकार्यमा विशेष टोली गठन गरी फरार अपराधी पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा संचालन गर्ने योजना रहेको छ,’ उनले भने, ‘पेण्डिङ मुद्दाहरूको फर्छौटको लागि सिनियर प्रहरी अधिकृतहरूलाई जिम्मेवार बनाई निरन्तर फलोअप गर्न लगाउनेछु ।’
हराएको व्यक्तिहरूका सम्बन्धमा चौकी स्तर सम्म फोटोसहितको अभिलेख व्यवस्थापन गरी खोजी कार्यलाई व्यवस्थित एवं परिणाममुखी बनाउन लागी पर्ने उनले बताए । हराएका व्यक्तिहरु खोजतलास कार्यलाई अरु मुद्दा सरह अनुसन्धान एवम खोजतसाल गर्ने उनको भनाइ छ ।
सिमावर्ती अपराध एवं तस्करी नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गरेर अगाडी बढने उनले बताए । ‘सिमाक्षेत्रमा रहेका प्रत्येक प्रहरी कार्यालयहरूले बिशेष कार्ययोजना बनाई लागुऔषध ओसारपसार, बिक्रि बितरण, मानव तस्करी, राजश्व चुहावटलाई पुर्णरूपमा निस्तेज पार्नेछु,’ उनले भने, ‘भन्सार सँग सम्बन्धीत सरोकारवाला निकायहरू सँग राजस्व छलीको प्रवृतीलाई पूर्ण नियन्त्रण गर्ने, भारतिय काउन्टर पार्टससँग समेत निरन्तर समन्वय र सहकार्य गरी राजस्व चुवाट रोक्न लागि पर्नेछौं ।’
डिआइजी बास्तोलाले स्मार्ट प्रहरी कार्यालय निर्माणलाई प्राथमिकता दिने बताए । संघिय सरकार तथा स्थानीय सरकारको सहयोगमा बन्ने नयाँ प्रहरी कार्यालयहरूलाई प्रविधीमैत्री बनाउदै, थप साधनश्रोतबाट सुसम्पन्न गर्न पहल गर्ने उनले बताए । यसअघि संचालन भएको आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान, लागू औषध दुव्र्यसन बिरुद्धको बिशेष अभियानहरुलाई निरन्ता दिएर अगाडी बढने उनले बताए ।