खबर पूर्वाञ्चल
विराटनगरको जुट मिलमा आज भएको पहिलो खेलमा वाइआरसीसी विराटनगरले सुनसरी ११ क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
जवाफमा १ सय ३ रनको सामान्य विजय लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा २ विकेट गुमाइ सो लक्ष्य पार गरेको थियो । विराटनगरका मुकेश शर्माले ४३ रन जोड्दा नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी दिलिप नाथले ३७ रन र दिपक पासवनले १७ रन जोडे । सुनसरीका सन्जीव तिम्सिना र प्रकाश कार्कीले १–१ विकेट लिए ।
यस अघि टस जितरेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाइ १ सय २ रनको सामान्य योगफल खडा गरेको थियो । सुनसरीका गौरव कटुवालले ३० रन बनाउँदा रविन मण्डलले १७ रनको योगदान दिए । विराटनगरका नेपालका अन्तराष्ट्रि खेलाडी कमल खत्री हेमन्त धामी, र श्रवण यादवले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच वाइआरसीसी मुकेश शर्मा घोषित भए ।
दोस्रो खेलमा भारत नरपथग्रामको राहुल ११ क्रिकेट क्लबले भारतकै पूर्णियाको भिभिसिएलाई ९ विकेटले पराजित गर्दै नरपथग्राम क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ ।
टस जितेर ब्याटिङ गरेको पूर्णियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १ सय ७० रन विशाल स्कोर बनाएको थियो । पुर्णिायाका भास्कर दुधेले ७६ रन बनाउँदा मनकुमारले ३३ रन बनाए । नरपथग्रामका रबना कुमारले ३ विकेट लिँदा साहिन कुमारले २ विकेट लिए ।
जवाफमा १ सय ७१ रनको विशाल लक्ष्य पछ्याएको नगरपथग्रामले ७ ओभरमा १ विकेट गुमाइ सो विजय लक्ष्य पार गरेको थियो । नगरपथ ग्रामका म्यान अफ द म्याच अभिषेक पाठकले उत्कृष्ट ब्याटिङ गर्दै सतक प्रहार गरे । उनले २७ बलमा १४ छक्का, ६ चौका प्रहार गर्दै १ सय १० रन बनाए । पाठकले प्रहार गरेको सतक मिल्सकपमा पहिलो सतक हो । त्यस्तै भानु आन्नदले २३ रन बनाए । उनले सन २०१४ मा आइपिएल खेलका थिए ।