खबर पूर्वाञ्चल
विराटनगरले विराटनगरको शहिद मैदानमा अहिले भर्खरै सम्पन्न पहिलो सेमिफाइनल खेलमा ए डिभिजन क्लव काठमाण्डौको जावलाखेल युथ क्लवलाई २–१ को गोल अन्तरले पराजित गर्दै पहिलो पटक विराट गोल्ड कपको उपाधि नजिक पुगेको हो । विराटनगरले भारतको लुका सकर क्लव केरला र सविक विजेता शसस्त्रको एपिएफ क्लवको विजेतासँग विहिवार प्रतिस्पर्धा गर्ने छ ।
विराटनगरको जितमा विदेशी खेलाडी स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरेका थिए । स्टेफनले ५९ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले पञ्च गरेर रिवाण्ड भएको बललाई स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई अभिषेक गुरूङले टप कर्नरमा गोल गरी टिमको लागि विजय गोल गरे । जावलाखेलको तर्फबाट युसुव थपलियाले सान्तवना गोल फर्काए । इन्जुरी समय तेस्रो मीनेटमा एनकोटो मुसाविरले हेडरमार्फत असिस्ट गरेको बललाई थपलियाले गोल फर्काएका थिए ।
९ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिस देउलाले उत्कृष्ट बचाए । १७ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटो मुसनविरले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए ।
त्यसलगैत एनकोटोले निकालेको क्रस पासलाई हिसुबले पेनाल्टी एरियााबाट गरेको प्रहार गोलकिपरले पञ्च गरेर बचाएका थिए । २७ औ मिनेटमा विमलले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके ।
५३ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले विफल पारिदिए । ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।
खेलको अत्यतिर ८९ औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर फाले । त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले विफल पारिदिए ।
खेलको म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।