AArya
RUMPUM
animated ellipse animated ellipse

कप्तान रोहितकुमार पौडेल र करण केसीले कीर्तिमानी साझेदारी गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि नेपालले संघर्षपूर्ण जित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ फाल्गुन २०७९, मंगलवार १७:१८
234
Shares
विराटनगर / आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन भइसकेको स्कटल्याण्डमाथि नेपालले संघर्षपूर्ण जित हात पारेको छ ।

कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी ७५ साझेदारीसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित हात पारेको हो । यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।

एक समयमा १ सय ३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि स्कटल्याण्डलाई दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ दशमलव १ बलमा ८ विकेट गुमाएर जित हात पार्योे । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन तथा करण केसीले ३१ रन बनाए । रोहितले १ सय १ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै कप्तानी पारी खेले । उनलाई साथ दिएका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २१ रन , कुशल मल्ल १७ रन , आशिफ शेखले १२ रन , सन्दीप लामिछाने ९ रन, सोमपाल कामी २ रन, कुशल भुर्तेल १ रनमा आउट भए । स्कटल्यान्डका मार्क वाट्टले ३ विकेट र क्रिस ग्रिभ्सले २ विकेट तथा साफयान सरिफ, ब्रान्डन म्याकमुलन र माइकल लिस्क १–१ विकेट लिए ।

नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ दशमलव १ बलमा सबै विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ रन बनाउँदा ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर