खबर पूर्वाञ्चल
उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन रायमाझी, सचिवमा पूर्व प्रहरी निरीक्षक राधेश्याम घिमिरे र कोषाध्यक्षमा पूर्व प्रहरी सम्पन्नलाल चौधरी रहेका छन् । सदस्यहरुमा यादव खड्का, पेशल भट्टराई, प्रकाश गुप्ता, टिका ठकुरी, छवि अधिकारी, सुर्यनारयण मण्डल, राजेन्द्र यादव, सुर्यबहादुर नेपाली, संगीता बोगटी र पदम श्रेष्ठ रहेका छन् ।
कार्यक्रममको प्रमुख अतिथि पूर्व डिआइजी भक्तिनाथ माझीले देशमा पुर्व प्रहरीहरुको संगठन हुदा हुँदै संगठनका वर्तमान केन्द्रीय अध्यक्ष वसन्त कुंवरले आफू सधै पदमा रहि रहने निकृष्ठ अभिप्रायले आफू अनुकुलको गैर सम्वैधानिक केन्द्रीकृत विधान बनाएको आरोप लगाए । उनले प्रदेश भरि १४ जिल्लाको पुर्व प्रहरिहरुको महाभेलाले संगठनमा तत्काल केन्द्रीय उपाध्यक्ष एआईजी कल्यानकुमार तिमिल्सिनाको संयोजनमा गठन भएको १ नं प्रदेश कमिटीलाई आफुअनुकुल नभएको भन्दै मान्यता नदिई आफू अनुकुल व्यक्तिलाई मनोनित गरेको बताए । उनले यस प्रदेशको सम्पुर्ण पुर्व प्रहरीहरुको भावना माथि खेलवाड गरि सवैलाई अपमानित हुने कृयाकलाप गरेकोले १ नं प्रदेशका सवै पुर्व प्रहरीहरुको मर्म र भावनालाई कदर गर्दै पुर्व प्रहरी,अमर प्रहरी तथा उिनीहरुको आश्रीत परिवारहरुको हकहितको पक्षमा कामगर्नको लागि यो नेपाल पूर्व प्रहरी परिवारको गठन भएको बताए ।
कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेल र विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले बोलेका थिए । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरले आफ्नै भवन बनाउँदैछ । विराटनगर महानगरपालिकाले विराटनगर ४ मा जग्गा दिएपछि पुर्व प्रहरीहरुले दुई तलाको भवन निर्माण भइरहेको नेपाल पूर्व प्रहरी संगठन परिवारको सल्लाहकार रामकुमार श्रेष्ठले बताए ।