खबर पूर्वाञ्चल
एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो । एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा आज पत्रकार सम्मेलन गरी एभरेष्ट कानर्भलको तयारी तिव्र रुपमा भएको जानकारी गराएको छ ।
यस कार्निभलको दौरान दुई दिन अभिभावक दिवस समेत मनाईने एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । उनका अनुसार पहिलो दिन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र तिनका अभिभावकका बिच दिवस मनाइने छ । यस कार्यक्रममा तिनै कक्षाका विद्यार्थीले आ–आफ्ना कला समेत प्रस्तुत गर्नेछन् । यस्तै दोस्रो दिनका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितीमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस सम्पन्न गरिनेछ ।
यसैगरि कार्निभलको आकर्षणका रुपमा एकैपटक एक सय जनाले अवलोकन गर्न मिल्ने प्लानेटेरियम राखिनेछ । विद्यार्थीहरुद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणीत तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरु प्रर्दशनीमा राखिनेछ । कलेज परिसरमा १८ वटा स्टलहरु राखिने प्रिन्सिपल पुरीले बताए । ति स्टलहरुमा विभिन्न अन्वेषणात्मक परियोजनाहरुको प्रर्दशनी, कलाप्रदर्शनी, मिनिम्युजियम, पुस्तकप्रदर्शनी, विद्यार्थीहरुद्वारा सञ्चालित खानाका स्टलहरु, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरीका साथै नोवल अस्पतालसँगको सहकार्यमानिःशुल्क स्वास्थ्यशिविर समेत रहने भएको छ ।
कार्निभल हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनहुनेछ । कार्निभलको दौरानमा विद्यार्थीहरुले नृत्य, गायन तथा अन्य साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनेछन् । तीन दिवसीय कार्यक्रमको अन्तिमदिन माघ २९ गते विद्यार्थीहरुको सांगितिक प्रस्तुति सँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । गायक कालिप्रसाद बाँस्कोटा, गायिका अस्मिता अधिकारी र अञ्जु गौतमको सांगितिक कन्र्सटको समेत आयोजना रहनेछ । ‘हरेक क्षेत्रमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा गरिने यस्ता गतिविधिले उनीहरुमा अन्तर निहित क्षमताको प्रस्फुटन गर्न सघाउ पुग्ने निश्चित रहेको छ,’ प्रिन्सिपल पुरीले भने, ‘विद्यार्थीहरुको शैक्षिक, सामाजिक, साँस्कृतिक उन्नयन गर्दै व्यतिmत्व विकास, चारित्रिक निर्माण तथा नेतृत्व कौशललाई मजवुत बनाउन यो कार्निभलम हत्वपूर्ण कोसे ढुङ्गा सावित हुने हामीले विश्वास लिएका छौं ।’
यस कार्निभलमा विद्यार्थी, अभिभावक तथा विराटनगरका बुद्धिजिवी र आम जनसमुदाय गरी करिब २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एभरेष्ट एजुकेशन फाउण्डेसनले विशेष महत्वका साथ आयोजना गर्न लागिरहेको यस कार्निभल भव्य र सभ्य तरिकाले गर्ने उनले बताए ।