खबर पूर्वाञ्चल
आलमलाई प्रहरीले आज विराटनगर अन्सारीलाई राजविराजबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा आलमलाई पक्राउ गरिएको मोरङका एसपी शान्तिराज कोइरालाले बताए । आलम बिराटनगर बसपार्कबाट पक्राउ परेका हुन् । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा आलम संलग्न रहेको केन्द्र्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ । प्रहरी उपरिक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानविन गरेको थियो ।
आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन्। उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त प्रतियोगितामा ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए ।
प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । भारत घर भएका जतिनले काठमाडौं छाडेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।
‘ब्यवस्थापक जतिन फरार छन्’, अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘जतिन र उनका सहकर्मीहरुले फिक्सिङ गरेर नै नेपाल क्रिकेट संघलाई पैसा तिर्ने गरेको आशंका गरेका छौं ।’