AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा १२ मा एभरेष्ट कलेजको उत्कृष्ट नतिजाः शतप्रतिशत उत्तिर्ण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ भाद्र २०७९, शनिबार १७:२७
936
Shares
विराटनगर/ २०७९ सालमा लिइएको कक्षा १२ को परिक्षाफल हिजो प्रकाशित भएको छ । प्राप्त परिक्षाफलको परिणाम अनुसार विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ ।

विज्ञान र व्यवस्थापन संकायका १ सय १४ जना विद्यार्थीले परिक्षा दिएकोमा शतप्रतिशत उत्तिर्ण भएका हुन् । कोरोना महामारिका कारण प्रताडित भएका बेला समग्र देशकै नतिजा खस्किएको बेला एभरेष्टका विद्यार्थीले ल्याएको परिणाम अत्यन्तै उत्साहजनक रहेको एभरेष्टका सहायक प्रिन्सिपल नारायण कडरियाले बताए। मुलुकभरका ५२ प्रतिशत विद्यार्थीको नतिजा ‘ननग्रेडिङ’ आउँदा एभरेष्टका शतप्रतिशत उत्तिर्ण हुनुले पनि यहाँका शिक्षण सिकाई प्रभावकारी छ भन्ने पुष्टि भएको उनले बताए ।

स्कुलका प्राचार्य टिकाराम पुरीले एभरेष्ट स्कुलको नतिजा उत्कृष्ट भएपनि समग्ररुपमा देशभरको नतिजा यस वर्ष निराशाजनक रहेको बताए। एभरेष्टको नतिजा राम्रो आउनुमा भने, सूचना प्रविधिको उच्चतम प्रयोग, सिकाईपद्दति र अनुभवि शिक्षक तथा विद्यार्थी र अभिभावकको मेहनत नै प्रमुख कारण रहेको बताए। नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) का पूर्व अध्यक्ष समेत रहेका पुरीले राष्ट्रिय परिक्षा बोर्डको त्रुटिका कारण ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आएको आरोप लगाउँदै यसले ठूलो संख्याका विद्यार्थीलाई प्रभावित बनाएको बताए।

कोरोना महामारि झेलेर परिक्षा दिएका विद्यार्थीलाई समयसापेक्ष परिक्षा लिन बोर्डले नसकेको भन्दै उनले प्रश्नपत्र तयार पार्दादेखि नै विद्यार्थीको क्षमतालाई बुझ्न नसकेको बताए। कोरोनाका कारण विद्यार्थीले कक्षा लिन नसकेको, कोर्स पूरा नभएको, कतिपय विद्यार्थीले कोरोना महामारीसँगै लड्नुपरेको अवस्थामा लिइएको परिक्षा समयसापेक्ष भएको भए ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आउदैनथ्यो भन्दै उनले अझै पनि विद्यार्थीमा महामारिको प्रभाव रहने भएकाले त्यसलाई सुधार गरेर लैजानसक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर