AArya
RUMPUM
animated ellipse animated ellipse

जिटो विराटनगरको अध्यक्षमा जैन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०७९, आईतवार २०:४७
279
Shares
विराटनगर / जैन ईन्टरनेश्नल ट्रेड अर्गनाईजेशन (जिटोे) को अन्र्तराष्ट्रिय महिला शाखा विराटनगरमा विस्तार गरेको छ ।

विराटनगरमा विस्तार गरिएको उक्त शाखाको अध्यक्षमा सन्तोष जैनको अध्यक्षमा ३० जनाको कार्यसमिति बनाएको हो ।

समितिको उपाध्यमा शोभना दुगड, मीना गोल्छा, सचिव रोज धाडेवाल, सहसचिमा मिनल तातेड र डाक्टर नुतन नौलखा रहेकी छिन् । यसैगरि सरिता गोल्छा लगायतका अन्य महिलाहरु समेत लेडिज विंग विराटनगरमा आबद्ध भएका छन् ।

विराटनगरमा आज एक कार्यक्रमकोबीच जीटो लेडिज विंगको घोषणा गरिएको हो । विश्वका विभिन्न शहरहरुमा यो संस्थाको शाखाहरु रहेको जनाईएको छ । भारतको मुम्बईमा यो संस्थाको मुख्य कार्यालय रहेको कार्यक्रममा जनाएको छ ।

विश्वब्यापी उक्त संस्थाले गरिब र पिछडिएका महिलाहरुको सामाजिक एवं आर्थिक उन्नतिको साथै शिक्षा मैत्री एवं आध्यात्मिक विकासकोलागि काम गर्दै आएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर