AArya
RUMPUM
animated ellipse animated ellipse

सिद्धार्थ सहकारीको गैर कार्य क्षेत्रमा लगानी, बचतकर्ताको निक्षेप नदिइ सहकारी बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७९, बुधबार १९:२४
1.15k
Shares
विराटनगर / विराटनगर ११ महेन्द्रचोकमा रहेको सिद्धार्थ बुहउद्देश्यीय सहकारीले मनोमानी ढंगले रकम चलाउने र गैर कार्य क्षेत्रमा लगानि गरेको पाइएको छ ।

सिद्धार्थले सहकारी ऐन अनुसार काम कारवाही नगरेको कारण बचतकर्ताको करडौं निक्षेप जोखिममा परेको हो । निक्षेप जोखिममा परेपछि अहिले सहकारी बन्द गरी अध्यक्षसहित संचालकहरु सम्पर्कविहीन बनेका छन् ।

सिद्धार्थ सहकारीले गैर सदस्यसँग कारोवार गरेको पाइएपछि विराटनगर महानगरपालिकाले ९ हजार रुपैयाँ जरिवाना पनि गरेको छ । सिद्धार्थले साधरण सभा नगरि महानगरपालिकामा लेखा परीक्षण प्रतिवेदन नबुझाएको, सेवा शुल्क तोकिएभन्दा बढी लिएको र गैर सदस्यसँग कारोबार गरेको अनुगमनको क्रममा भेटिएको विराटनगर महानगरपालिकाको सहकारी शाखाकी अधिकृत पृथ्वीकुमारी बस्नेतले जानकारी दिइन् ।

‘सिद्धार्थ सहकारीले सहकारीको मुल्य मान्यता भन्दा माथि उठेर गैर कानुनी ढंङगले काम गरेको पाइयो,’ उनले भनिन्, ‘एक ठाउँमा स्वीकृत लिएर सञ्चालन गरेको सहकारीले सेवा केन्द्र भन्दै अनयन्त्र जिल्लामा गएर संचालन गर्न पाइदैन । तर, सिद्धार्थले नवलपरासीमा गएर सेवा केन्द्र खोलेको पाइयो ।’ यसरी सहकारी ऐन अनुसार काम कारवाही नगरेको पाइएपछि अनोमल सहकारीलाई ९ हजार रूपैयाँ जरिवाना लिने निर्णय गरेको छ । यो सहकारीले विराटनगरको दुई दर्जन बचतकर्ताको निपेक्ष रकम दिन झुलाइ रहेको छ । यो सहकारीमा दजर्नौ बचतकर्ताको करडौं रुपैयाँ जोखिममा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर