AArya
RUMPUM
animated ellipse animated ellipse

गणित शिक्षा परिषद्को प्रदेश सम्मेलन इटहरीमा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ श्रावण २०७९, मंगलवार १८:३१
567
Shares
विराटनगर / गणित शिक्षा परिषद् नेपालको प्रदेश १ को प्रदेश सम्मेलन हुने भएको छ ।

आउँदो भाद्र ३ गते सुनसरीको इटहरीमा गणित शिक्षा परिषद् नेपालको प्रदेश १ को प्रदेश सम्मेलन हुने भएको हो । गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा हिराबहादुर महर्जनको प्रमुख आतिथ्यमा हुने उक्त सम्मेलनमा .नेपा खुला विश्वविद्यालयका निवर्तमान उपकुलपति तथा गणित शिक्षा परिषद्का केन्द्रीय सह( अध्यक्ष डा. लेखनाथ शर्माको पनि उपस्थित रहने छ।

प्रदेश १ का १४ जिल्लाका गणित शिक्षकहरुको उपस्थिति रहने उक्त सम्मेलनमा गणित शिक्षा परिषद्का केन्द्रीय उपाध्यक्ष तथा पाठ्यक्रम विकास केन्द्रका गणित विषयका लेखक रमेशकुमार अवस्थीबाट कक्षा ९ को परिवर्तित पाठ्यक्रम, मुल्यांकन र प्रश्नपत्र निर्माणको बारेमा प्रशिक्षण दिने छन्। गणित शिक्षा परिषद्का प्रदेश १ का कार्य समिति सदस्य जनक ढकालका अनुसार उक्त सम्मेलनले प्रदेश नम्बर १ को नयाँ कार्यसमिति निर्वाचित गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर