खबर पूर्वाञ्चल

एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा ‘समाचार लेख्ने पत्रकारले बलात्कार ग¥यो भनेर समाचार आए उसले खण्डन गर्न सक्छ ?’ भन्ने धम्कीपूर्ण भाषाको प्रयोग गर्दै मन्त्री कार्कीले समाचार लेख्नु पूर्व चार पटक सोच्नुपर्ने सम्मका भाषा प्रयोग गर्नु पूर्ण प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति रहेको प्रेस चौतारीका अध्यक्ष सुदिप कोइरालाले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विराटनगर महानगरपालिका–१२ मा निर्माणाधीन सुकुम्वासी बस्ती निर्माणका लागि रकमान्तर गरी असार १६ गते मन्त्री कार्कीले बजेट ल्याई महानगर पालिकालाई सम्झौता गर्न दबाब दिएको तथा अन्तिम समयमा आएर सम्झौता गरी हरहिसाब फरफरका गर्न नसक्ने भन्दै महानगरले सम्झौता नगरेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । उक्त समाचारको खण्डन गर्ने नाममा मन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले बलात्कार ग¥यो भन्ने आरोपमा समाचार लेख्न उत्प्रेरित गर्नु दुःखदायी र खेदजनक भएको विज्ञप्तीमा जनाईएको छ ।
विज्ञप्तीमा भनिएको छ,‘ समाचार लेख्ने पत्रकारलाई बलात्कारी बनाउनेसम्मको धाक धम्की दिनुले विधिको शासनको उपहास मात्रै भएको छैन सुरक्षा र कानुनको जिम्मेवारी सम्हालेका मन्त्री कार्कीले पत्रकारमाथि डर त्रास फैलाउन खोजेको हाम्रो बुझाई छ । ’ मन्त्री कार्कीको अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दै क्षमायाचाना गर्न माग गरिएको छ ।