AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङका १७ जना स्वास्थ्य स्वयंसेविका सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ असार २०७९, मंगलवार १८:४६
270
Shares
विराटनगर / स्वास्थ्य कार्यालय मोरङले १७ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।

मोरङका १७ वटा स्थानिय तहका १÷१ जना उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई मंगलबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि सम्मान गरिएको हो ।

स्थानिय स्थरमा पुगेर उत्कृष्ट काम गर्ने मोरङका एक पालिका एक राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

यसरी सम्मानित हुनेहरूमा मिक्लाजुङ गाउँपालिकाकी सर्मिला भण्डारी, लेटाङ नगरपालिकाका शान्ता राई, केराबारी गाउँपालिकाकी हर्क माया भण्डारी, रतुवामाइ नगरपालिकाकी गीता राजवंशी, सुनवर्षीकी निर्मला उप्रेती, रंगेली नगरपालिकाकी रीता देवी झालाई सम्मान गरिएको छ । यस्तै ग्रामथानकी चन्दा थारु, बुढीगंगाकी जमुनाकुमारी माझी चौधरी, धनपालथानकी कलादेवी सरदार, जहदाकी रीतादेवी मण्डल, कटहरीकी सीतादेवी मण्डल, पथरीशनिश्चरेकी वर्षा भण्डारी, उर्लाबारीकी दिकमाया लिम्बु, कानेपोखरीकी इन्दिरा दाहाल, बेलबारीकी तेजकुमारी बस्नेत, सुन्दरहरैचा नगरपालिकाकी सुशिला सिंह र विराटनगर महानगरपालिकाकी हिंसादेवी सरदारलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरूलाई प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

महिला स्वयंसेविकाहरू २०४६ सालदेखि आधरभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको मोरङ स्वास्थ्य कार्यालय मोरङका खोप शाखा प्रमुख कन्हैया साहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर