AArya
RUMPUM
animated ellipse animated ellipse

तस्करीको पार्टपूर्जा बिक्री गरेको आरोपमा इलेक्ट्रिक पसल सञ्चालक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०७९, मंगलवार १९:०२
1.86k
Shares
विराटनगर / भारतदेखि तस्करी गरि ल्याएको मोटर पार्टसहरू विराटनगरको एक इलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा बिक्री वितरण हुने गरेको पाएपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ ।

अवैध रूपमा भन्सार छली गरि ल्याएको इलेक्ट्रिक पाटपूर्जाहरू बिक्री वितरण गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ६ का ३० वर्षिय सेख अलतफलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका शेख विराटनगरस्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका सञ्चालक हुन् । उनले भारतबाट अबैध रुपमा राजश्व छली, चोरी पैठारी गरी राजश्व चुहावट गरेर बिभिन्न किसिमका पानी तान्ने मोटर पाट्स, मेसिनरी पाट्सहरु ल्याएर फिटिङ गरेर गैरकानुनी रुपमा बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘भारतदेखि अवैध रुपमा ल्याएको पार्टपूर्जाहरू आफ्नो पसलमा ल्याएर लुकाई छिपाइ स्टोर गरी राखेको बिशेष सूचनाको आधारमा छापा हानेर प्रहरीले बरामद गरेको हो । ्

पसलमा बिभिन्न किसिमका मोटर पाट्स, मेसिनरी पाट्सहरु ल्याएर फिटिङ गरेपछि गैर कानुनी रुपमा अन्य कम्पनीको स्टिकरहरु तथा वारेन्टी कार्ड समेत प्रयोग गरी बिक्री बितरण गरेको पाइयो,’ डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि बरामद गरेको पार्टपूर्जाहरुसहित सञ्चालकलाई पनि पक्राउ गरिएको छ ।’ प्रहरीले बरामद गरेको पार्टपूजाहरु ४ लाख ८५ हजार मुल्य बरावरको रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर