AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले बढायो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ बैशाख २०७९, शनिबार २०:३५
630
Shares
विराटनगर / सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी मूल्य वृद्धि गरेको हो ।

आज मध्य रातीदेखि लागु हुने गरि सरकारले पेट्रोलियम पदार्थका मूल्य १० रुपेयाँले बढाएको हो । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, मट्टीतेल र डिजलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर