AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरपालिकाको नेतृत्व लिने एमाले पार्टीको दावी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ बैशाख २०७९, शुक्रबार १९:२०
639
Shares
विराटनगर / यसपटकको स्थानीय तह निर्वाचनमार्फत नेकपा एमालेले विराटनगर महानगरपालिकाको नेतृत्व लिने एमाले पार्टीको दावी रहेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज समेत रहेका संयोजक ढकालका अनुसार विराटनगरका १९ वटै वडामा नेकपा एमालेका पक्षमा चुनावी माहोल तयार भएको छ ।

घरदैलो कार्यक्रम मार्फत चुनावी प्रचार अभियानका क्रममा महानगरवासीले दर्शाएको सद्भाव, उत्साहपूर्ण सहभागिता र अपेक्षाले एमालेप्रतिको वढ्दो आकर्षण निर्वाचन जित्ने आधार भएको संयोजक ढकालको भनाई छ ।

राष्ट्रिय राजनीतिमा नेकपा एमालेले खेलेको भूमिका र गरेका प्रभावकारी कामहरूको प्रभावले एमालेप्रति देशव्यापी आकर्षण बृद्धि भएसँगै एमालेले विराटनगरमा निर्वाचन जित्ने आधार निर्माण भएको दावी गरिएको छ ।

विगत पाँचवर्षमा प्रतिपक्षको रुपमा एमालेले निर्वाह गरेको भूमिका र नगरको समग्र विकासका सन्दर्भमा अघि सारेका नीति कार्यक्रम र कार्ययोजनाहरूले पनि एमालेले विराटनगरमा निर्वाचन जित्ने सहज वातावरण बनेको संयोजक ढकालको दावी छ ।

‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय मान्यतालाई आत्मसात गर्दै ‘सुशासन–विकास र गुणस्तीय भौतिक पूर्वाधार, सुविधा सम्पन्न र न्यासहितको समृद्ध महानगर’ भन्ने मूल नाराका साथ एमालेले विराटनगर बनाउने खाका सहितको प्रतिवद्धता सार्वजनिक गरेको छ । त्यसप्रति जनताले समर्थन र विश्वास गरेको हुँदा जनताका विश्वासलाई साकार बनाउन एमाले प्रतिवद्ध रहनु चुनाव जित्ने अर्काे आधार भएको उनको बुझाई छ ।

एमाले विराटनगरले उठाएका उमेदवारहरू राजनीतिक एवं सामाजिक सेवाका क्षेत्रमा लामो समय क्रियाशील, योग्य शिक्षित, निष्ठा र इमानको राजनीतिप्रति प्रतिवद्ध युवा हुनु पनि एमालेले विराटनगरमा चुनाव जित्ने आधार मानेको छ ।

एमालेले आफ्ना जनप्रतिनिधिहरू ‘शासक होइन, जनताका सेवक, सामाजिक जागरण र विकासका अभियान्ता साथै सदाचारी’ हुनेछन् भनी प्रशिक्षित र सचेत गराएको छ । चुनाव जितेपछि एमालेको नेतृत्वमा रहने पालिकाहरू नमूना बन्ने एमालेको दावी छ । एमालेका जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार गर्ने छैनन् र भ्रष्टाचार नियन्त्रणका अभियान्ता बन्नेछन् भन्ने निर्देश गरेकोले पनि एमाले उमेदवारहरूलाई चुनाव जित्ने अर्काे आधार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर