AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नशामा लठ्ठीएका भारतीय एसएसबीद्धारा विराटनगर–१८ दशगजा क्षेत्रमा तीन राउन्ड हवाइ फायर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७९, सोमबार १५:३७
837
Shares
विराटनगर / नेपालर –भारतको सीमा क्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाइ फायर गरेका छन् ।

स्थानियले दिएको जानकारी अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाइ फायर गरेका हन् ।

आज २ बजे डियुटिमा खटिएका भारतीय एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाइ फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानिय सुरज मण्डलले जानकारी दिए ।

स्थानियका अनुसार डियुटिमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए । ‘होहल्ला गरेपछि स्थानियले उनलाई घेराउ गरेका थिए । स्थानियको भिड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाइ फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने । हवाइ फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टी गरेका छन् । ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भने, ‘के विषयमा चलेको रहेको छ । हामीले पनि बुझने काम गरिरहेका छौं ।’ अहिले गोली चलेको ठाउँमा स्थानियको भिड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर