AArya
RUMPUM
animated ellipse animated ellipse

केन्द्रीय पदाधिकारीदेखि निवर्तमान अध्यक्ष पुनः मोरङ जिल्ला फुटबल संघको सदस्यमा चयन÷अध्यक्षमा उर्लाबारीका बुढाथोकी निर्विरो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७९, आईतवार १९:०२
306
Shares
विराटनगर / मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्वखेलाडी तथा प्रशिक्षक सञ्जीव बुढाथोकी निर्विरोध चयन भएका छन् ।

मोरङको बेलबारीमा आज सम्पन्न ७ औ चुनावी साधारणसभाबाट अध्यक्ष बुढाथोकीसहित १५ जनाको कार्यसमिति चयन भएको निर्वाचन समितिका सदस्य एवं अधिवक्ता दुर्गाप्रसाद पोखरेलले जानकारी दिए । अध्यक्ष चयन भएसंगै जिल्लामा फुटबलको वातावरणलाई चलायमान बनाउने उनले बताएका छन् ।

विगतमा कोभिडले फुटबललाई समेत असर पारेको बताउँदै आउँदो दिनमा फुटबल र खेलाडी उत्पादनमा ध्यान रहने उनले बताए।

नयाँ कार्यसमितिमा विराटनगर महानगरपालिकाबाट दुई उपाध्यक्षसहित ६ जना परेका छन् । अघिल्लो कार्यसमितिमा समेत उपाध्यक्ष रहेका धनकुमार लामा र दिपेन्द्र तिवारी यथावत रहेका छन् । त्यसैगरि, जहदाँ गाँउपालिकाका भुपाल श्रेष्ठ उपाध्यक्षमा आएका छन् ।

निवर्तमान अध्यक्ष दीपेन्द्र धिमाल सदस्यमा अटाएका छन् । निवर्तमान अध्यक्ष धिमालले यसअघि प्रदेश समितिलाई लक्ष्य बनाएका थिए । तर अन्तिम समयमा उनी पुनः बुढाथोकीको कार्यसमिति भित्र सदस्यमा समेटिएका हुन् । एन्फामा केन्द्रीय सह–महासचिवको जिम्मेवारीवहन गरिसकेका बसन्तराज अर्याल समेत जिल्ला सदस्यमा अटाएका छन् । केन्द्रीय तहमा रहिसकेका ब्यक्ति पुनः जिल्ला सदस्यमा आउनुलाई उनी स्वभाविक मान्छन् । उनी भन्छन्, ‘केन्द्र्रमा जानका लागि सदस्यमा आएको हुँ । विधिविधान र प्रक्रियासंगत अघि बढ्ने क्रममा फुटबललाई समेत एकढिक्का बनाउनका लागि सदस्यमा आएको हुँ ।’

अर्कोतर्फ, खेल क्षेत्रलाई नजिकबाट नियाल्दै आएका पत्रकार नवीन अर्याल भने फरक मत राख्छन् । पत्रकार अर्यालका अनुसार केन्द्रदेखि जिल्लातहसम्म फुटबलमा पकड बलियो बनाउन र वर्चश्व कायम राख्न पदाधिकारी समितिमा अटाउन चाहान्छन् । उनले भने, ‘फुटबलको यो पुरानै रोग हो ।

तरपनि केन्द्र र जिल्ला अध्यक्ष पुनः सदस्यमा आउनु भनेको चाही नवप्रवेशीलाई रोक्नु हो । अध्यक्षले विगतमा राम्रो काम गरेको हुदाँ प्रदेशदेखि केन्द्रसम्मको लक्ष्य राख्नुपर्ने हो । तर विडम्बना नेपाली फुटबल हो । सबै आ आफ्नो शक्ति र वर्चश्व राख्ने दाउमा छन् ।’

नेतृत्व हस्तान्तरण गर्न नचहाने प्रवृत्ती हावी हुदै गर्दा, शक्ति सन्तुलन र तल्लो तहमा आफूलाई स्थापित गराइराख्ने अभिप्रायले पदाधिकारी कार्यसमितिमा आउने गरेको उनको भनाई छ । नयाँ कार्यसमितिमा विराटनगरबाट ६ जना, अध्यक्षसहित उर्लाबारीबाट ३, लेटाङबाट २, बेलबारी, कानेपाखरी, जहँदाबाट समान १ जना समेटिएको नवनियुक्त सदस्य अर्यालले जानकारी दिए । चुनावी साधारणसभामा उपाध्यक्षमा मात्र मतदान भएको थियो । जसमा विराटनगरस्थित सम्राट स्पोटिङ क्लबका सुभाष बस्नेत पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर