खबर पूर्वाञ्चल
मोरङ अदालतका न्यायाधीश शीसिरराज ढकाललको इजाशलले पक्राउ परेका २५ वर्षिय अजय चौधरी र २८ वर्षिय मिथुन चौधरीलाई आज पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् । अदालतको आदेशपछि दुवै जना मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए । करागार चलान भएका मिथुन दाजु र अजय भाइ हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कैद सजायको मागदाबी राख्दै सोमबार पक्राउ परेका आरोपी विरुद्ध मोरङ अदालतमा कर्तब्य ज्यान र जवरजस्ती करणी मुद्दामा अभियोग दर्ता गरेको थियो । प्रतिवादीहरूको बयान सकिएपछि आज थुनछेक बहस भएको थियो । थुनछेक बहसमा वादी र प्रतिवादीका कानुन व्यवसायीहरुले पैरवी गरेपछि अदालतले आदेश दिएको हो ।
फागुन २७ गते अजय र मिथुन चौधरी पालैपिलो बलत्कार गरेपछि हत्या भएको प्रहरीले जनाएको छ । घरमा खेल्दै गरेकी बालिकालाई बोकेर घरदेखि १ सय ५० मिटर पश्चिम घारीमा लगेर पालैपिलो बलत्कार गरेका थिए । बालिकाको आमामा घरमा काममा व्यस्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोपन दिएर घटनास्थल बनमारा झाँडीमा ल्याएर सुरुमा अजयले जवरजस्ती करणी गरेका थिए । त्यसपछि दाजु मिथुनले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
करणी गर्दा बालिकालाई असय पिढा भएर रुन थालेपछि वारदत स्थलमा भेटिएको दुई वटा ढुङ्गा र बियरले बालिकाको टाउँकोमा प्रहार पनि गरेका थिए । अचेत भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो ।