खबर पूर्वाञ्चल
हरिद्वारबाट आएका साध्वीहरुले कक्षा – ११ मा पढ्ने विद्यार्थीहरुको लागि तीन घण्टे योग प्रशिक्षण प्रदान गरे । उनीहरुले युवाहरु देशका कर्णधार भएकाले योग विद्यार्थीहरुको अध्ययन र दीर्घ जीवनकालागि अपरिहार्य पौष्टिक आहार भएको बताए ।
त्यस्तै एसवीआई बैंकद्वारा आधारभुत बैंकिङ्ग शिक्षा सम्बन्धि विविएस प्रथम वर्षका विद्यार्थीहरुका लागि वैंकिङ्ग ट्रेनिङ्ग प्रदान गरिएको थियो । त्यसैगरि कोरोना भाइरसले गर्दा रोकिएको कक्षा – ११ को हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा निलकमल सेक्सन प्रथम, मखमपली सेक्सन द्वितिय, र बेली सेक्सन तृतिय भएका थिए ।
प्रथम द्वितिय र तृतिय हुने सेक्सनहरुले कक्षा १२ सँग आउँदो हप्ता फाइनलको लागि प्रतिस्पर्धा गर्ने कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।