AArya
RUMPUM
animated ellipse animated ellipse

कमल गाउँपालिकामा प्रदेशस्तरीय प्रथम अध्यक्षकप हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७८, आईतवार १८:२६
153
Shares
दमक / कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ ।

आयोजक समितिले आज गाउँपालिकामा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

फागुन २५ गतेदेखि सुरु हुने अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहने जनाएको छ ।

कमल गाउँपालिका वडा नं. ३ स्थित केरखा खेल मैदानमा खेल सञ्चालन हुनेछ । जसमा पहिलो उद्घाटन खेल फागुन २५ गते आयोजक टिम समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समिति र टेम्के फुटबल क्लव धरान सुनसरीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगर २ लाखसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाखसहित ट्रफि, मेडल र प्रमाण पत्रमा वितरण गरिने कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुरभुज सुवेदीले बताए ।

खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर