खबर पूर्वाञ्चल
पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन। ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’

उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा रमाउने उत्कट चाहना पुरा गर्न नपाएको दुस्ख व्यक्त गरेका छन् ।
गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गरेका थिए र त्यसको छानबिन गर्न माग गरेका थिए ।