खबर पूर्वाञ्चल
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा ३–३, लेटाङ , कानेपोखरी र स्थानीय तह नखुलेका २–२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा ४, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा ३–३, हरिनगर, गढी र देवानगञ्जमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।
उता झापाको भद्रपुरमा ५, अर्जुनधारामा ४, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१, उदयपुरको चौदण्डीगढीमा २, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७३ महिला र ४७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ७७ रहेको मन्त्रालयले जनाएको छ ।