AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम सोनापुर गोल्डकपमा डाँगीहाट विजयी सुरुवात

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ पुष २०७८, सोमबार १८:४६
180
Shares
सुनसरी / डाँगीहाट फुटबल क्लब मोरङले प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सुनसरीको दुहबी ८ सोनापुरमा आज आजदेखि सुरु भएको प्रतियोगितामा डाँगीहाटले सुनसरी भरौलको इन्द्रेणी फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

डाँगीहाटका लागि आदर्श लिम्बुले २ गोल गर्दा क्याप्टेन कासिम राईले १ गोल गरे । लिम्बुले खेलको २६ औ ३३ औं मिनेटमा र राइले ३६ औं मिनेटमा गोल गरेका हुन । यसअघि इन्द्रेणीका साजन राईले खेलको २० औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए पनि जित हात पार्न सकेन । उद्धघाटन खेलको म्यानअफ द म्याच २ गोल गर्न सफल आदर्श लिम्बुनै घोषित हुदै नगद २ हजार रुपैया पुरस्कार पाए । उनलाई दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारले पुरस्कार प्रदान गरे ।

मंगलबारको दोस्रो क्वाटरफाइनल खेल विराटनगरको विराट स्पोर्टस एकेडेमी र मोरङ विराटचौकको एकता युथ क्लब बिच हुने आयोजकले जनाएको छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले नगद १ लाख र उपविजेताले ५१ हजार रुपैया पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर