AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १०१ जना संक्रमणमुक्त, थपिए ४९ जना संक्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७८, शनिबार १७:२७
522
Shares
विराटनगर/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४९ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमणमुक्त हुनेमा ४६ महिला र ५५ पुरुष रहेका छन् । १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११, झापा र सुनसरीमा १०–१०, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, रंगेलीमा १, झापाको भद्रपुरमा ४, मेचीनगर र स्थानीय तह नखुलेका २–२, विर्तामोड र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ४, धरानमा ३, बर्जुमा २ र बराहक्षेत्रमा १, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर