AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शनमा अन्तर्राष्ट्रिय स्तरको होटल म्यानेजमेन्ट तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ आश्विन २०७८, सोमबार १५:४६
2.03k
Shares
विराटनगर / विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय स्तरको दुई दिने होटल म्यानेजमेन्ट तालिम सोमबारदेखि सुरू भएको छ ।

स्वदेश र अन्तर्राष्ट्रिय स्तरमा रहेको पाँच तारे होटलमा दुई दशकभन्दा बढी काम गरेर अनुभव हासिल गरेको सिनियर सेफलाई ल्याएर कलेजको ल्याबमा होटल म्यानेजमेन्ट तालिम दिएको हो ।

दुई दिने तालिममा हिमालय दर्जन कलेजमा भर्ना भई होटल म्यानेजमेन्टको पहिलो र तेस्रो सेमीस्टरमा अध्ययन गर्दै आएका ३७ जना विद्यार्थीहरूलाई होटल म्यानेजमेन्टको तालिममा सहभागि गराएको कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए । यो तालिम मंगलबारसम्म संचालन हुनेछ । ‘कुनै पनि करिकुलममा रहेर पढाउने हाम्रो पहिलो प्राथामिकता हो ।

करिकुलमले सबै कुरा समेटन नसक्दा प्राक्टिकल रुपमा नयाँ कुरा पनि दिनुपर्ने हुन्छ । त्यही भएर अन्तर्राष्ट्रिय स्तरमा २५ वर्ष भन्दा बढी स्वदेश र विदेशको पाँच तारे होटलमा काम गरेका सिनियर सेफलाई बोलाएर विद्यार्थीहरूलाई तालिममा सभागि गराएका हौं,’ कलेजका निर्देशक भेषराज पोखरेलले भने, ‘यो तालिम भनेको विद्यार्थीहरूको लागि अतिरिक्क्त ज्ञान हो ।’ उनीहरूले पढाइ सिकेको ज्ञान व्यवहारमा उतार्नेछन् ।

दुई दिनसम्म काठमाण्डौंस्थित अकामा चार तारे होटलका एकजुकेटिभ सेफ राजकुमार अधिकारीले विद्यार्थीहरूलाई होटल म्यानेजमेन्ट सम्बन्धी तालिमको सहजिकरण गरेका छन् ।

दुई वर्ष अगाडीदेखि हिमालय दर्शनमा पढाइ सुरू भएको होटल म्यानेजमेन्टको चार वर्षको कोर्ष पढाइ हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर