AArya
RUMPUM
animated ellipse animated ellipse

भारतको जोगवनी जोड्ने रानी नाका १९ महिना पछि पूर्णरुपमा खुल्ला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७८, शनिबार १६:१८
1.82k
Shares
विराटनगर / १९ महिना अघिदेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगवनी जोड्ने नाका आजदेखि पूर्णरुपमा खुलेको छ ।

कोभिड १९ महामारी विश्वव्यापी रुपमा फैलिएपछि रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले २०७६ साल बैसाख ११ गतेदेखि पूर्णरुपमा सो नाका बन्द गरेको थियो ।

नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले नाका खोल्ने निर्णय गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन ।

सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखिनै भइरहेको भएपनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो । शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुइपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेको छ ।

नाका खुला भएपनि भारतबाट आउने व्यक्तिहरूले आवश्यक सुरक्षा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने मोरङ्ग जिल्ला प्रमुख काशिराज दाहालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर