AArya
RUMPUM
animated ellipse animated ellipse

उद्योग फस्टाए मुलुक समृद्ध हुन्छ : प्रदेश प्रमुख अधिकारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० भाद्र २०७८, आईतवार २२:१४
594
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मोरङ र सुनसरीका उद्योगहरुबाट उत्पादित वस्तुका सम्वन्धमा आज अवलोकन एवं जानकारी लिएक छन् ।

कोरोना महाकारीका कारण लामो समयदेखि थलिएका उद्योगहरुको अवस्था बुझ्ने उद्देश्यले उहाँले उद्योगहरुको अवलोकन गर्न भएको उनका प्रेस सल्लाह खेमराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रमुख अधिकारीले मोरङको कटहरी गाउँपालिका —३ मा स्थित लोट्स इन्डष्ट्रिज प्रा.लि., बुढीगंगा गाउँपालिका —स्थित प्रिमियर इन्डष्ट्रिज प्रा.लि. तथा सुनसरीको दुहवी नगरपालिका, सोनापुर स्थित एसिया विस्कुट प्रा.लि.र एशियन थाई फुड्स प्रा.लिको अवलोकन गरे । उनले अवलोकनको क्रममा उद्योगका प्राविधिकहरुले उद्योगका विविध पक्षका सम्वन्धमा राखिएको जिज्ञसाको जवाफ दिएका थिए ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले उद्योगपतिहरुसँगको अनौपचारिक भेटघाटको क्रममा उत्पादित बस्तुको गुणस्तरमा ध्यान पु¥याउनु पर्नेमा जोड दिदै “कामदार, उद्योगी र सरकार यी तीन पक्षको एकयबद्धता भयो भने उद्योग फस्टाउँछ र देश समृद्ध बन्छ ।” सरकारले उद्योगीहरुलाई सदैव साथ समर्थन रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर