खबर पूर्वाञ्चल
नेता आङ्बोले एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईलाई मुख्यमन्त्री बनाउन अघि सार्नेदेखि एमालेका सांसदलाई उनको पक्षमा रहन सुरुदेखि नै पहल गर्दै आएका हुन् । नेता आङ्बो र प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेसको पहलमा राजेन्द्रकुमारले प्रदेश सांसदहरुलाई रिझाउन विराटनगरस्थित बिग होटल बुक गरेको एक नेताले बताए । एकिकृत समाजवादीमा खुलेकी इलामकी प्रदेश सांसद खिनु लङ्बा लिम्बूलाई आचार्य नेतृत्वको सरकारमा मन्त्री बन्न जान नदिई बिग होटलसम्म ल्याउन नेता आङ्बोले महत्वपूर्ण भूमिकाा निर्वाह गरेको एकिकृत समाजवादी मोरङका प्रवक्ता वासिम आलमले बताए ।
आलमले सबैको सहयोगले एकिकृत समाजवादी पार्टी मुलुकमा निर्माण भएको हो । पार्टीप्रति शुभेक्षा राख्नेहरुको सहयोग र सदभाव अपेक्षित रहेको उनको भनाई थियो । प्रदेश १ मा एकिकृत समाजवादी पार्टी निकट केही पत्रकारहरु हुँदाहुँदै पनि माओवादी केन्द्र सम्बद्ध पत्रकारहरुले नै पार्टी गतिविधिमा रणनीतिक रुपमा समाचार लेखेर प्रचार प्रसारमा लागिरेका छन् । यसले पनि एकिकृत समाजवादी पार्टीलाई प्रदेश १ मा शसक्त बनाएर अघि ल्याउन माओवादीले भूमिका निर्वाह गरिरहेको उजागर हुन्छ ।
माओवादी केन्द्रका यहाँका नेताहरुको भूमिका हेर्दा एकिकृत समाजवादी सहयात्री भए जस्तो देखिन्छ तर त्यो पक्कै पनि होइन । अहिले तत्काललाई मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार ढाल्नलाई एकिकृत समाजवादी सहयात्री भए पनि भोलीका दिनमा राजनीतिक प्रतिस्पर्धी नै हो । तर अहिले एकिकृत समाजवादीका प्रदेश सांसदहरुलाई संगठित गर्नेदेखि विभिन्न छलफल र बैठक माओवादी केन्द्रका प्रदेश सांसदको उपस्थितिमा नै भइरहेको एक नेताले बताए ।
एकिकृत समाजवादीको हरेक गतिविधि र रणनीति सुरुदेखि नै माओवादीले आफ्नो रणनीति अनुसार अघि बढाइरहेकोले जनअपेक्षा अनुसार समाजवादीको मौलिकता प्रदेश १ मा नरहने हो की भन्ने राजनीतिक विशलेषकहरुको तर्क छ । कुनैपनि राजनीतिक दलको आफ्ना योजना, नीति तथा रणनीति, कार्यनीति गोप्य तरिकाले अरु राजनीतिक दललाई जानकारी नदिई अघि बढाउनु पर्ने अवस्थामा एकिकृत समाजवादीको हरेक योजना, नीति तथा कार्यनीति माओवादी केन्द्रका नेताहरुका अनुसार अघि बढ्नु दुरभाग्य भएको राजनीतिक विशलेषकहरुको भनाई छ ।
एकिकृत समाजवादीका मोरङ प्रवक्ता आलमले पनि माओवादी नेता आङबोलगायतका प्रदेश सांसदहरुको साथ सहयोग रहेको स्विकार गरेका छन् । तर यो विषयमा एकिकृत समाजवादीका नेता तथा प्रदेश सांसद राजेन्द्रकुमार राई मौन रहेका छन् ।
नेता आङबोले असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको आचार्य नेतृत्वको सरकार कुनैपनि सर्त टिक्न नदिने र ढालेरै छोड्ने रणनीतिका साथ अघि बढेको सञ्चारमाध्यमहरुमा प्रतिक्रिया दिदै आएका छन् । नेता आङ्बो एकिकृत समाजवादीका सांसदहरुको बैठकमा सहभागी नभएको अवस्थामा आफ्ना पार्टी सम्बद्ध प्रदेश सांसदलाई राखेर मात्रै जाने गरेको देखियो ।
एकिकृत समाजवादीका प्रदेश सांसदहरुको आइतबारको बैठकमा नेता आङ्बो उपस्थिति हुन नसकेपछि उनले आफ्ना पार्टीका प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठलाई काठमाडौंबाट बोलाएर बैठकमा सहभागी गराए । श्रेष्ठले आफू काठमाडौंबाट बिग होटलमा बस्न आएको स्विकारिन् ।