११७४८ जनामा परीक्षण गर्दा २६३६ जनामा संक्रमण पुष्टि, ४३४८ जना संक्रमणमुक्त
खबर पूर्वाञ्चल
१५ असार २०७८, मंगलवार १७:०८
522
Shares
काठमाण्डौ /पछिल्लो २४ घण्टामा नेपालमा २६३६ जनामा कोभिड संक्रमण देखिएको छ भने ४३४८ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११७४८ जनामा परीक्षण गर्दा २६३६ जनामा संक्रमण देखिएको हो । सोहि अवधिमा थप २० जनाले कोभिडको कारण ज्यान गुमाएका छन । ज्यान गुमाउँने संख्या ९०७१ पुगेको छ ।