AArya
RUMPUM
animated ellipse animated ellipse

प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७८, मंगलवार १८:३८
945
Shares
सुनसरी / सुनसरीको धरान उप–महानगरपालिका–१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

लेनदेनका विषयको घटनामा प्रहरी चौकीका प्रमुख असई सुमन दाहालमाथि आक्रमणमा संलग्न ५ जनालाई विभिन्न स्थानबाट पक्राउ गरि सार्वजनिक गरेको हो । त्यसमध्ये दुईजनाले धनकुटा प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

उनीहरुले जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका थिए । फरार रहेका २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई र २६ वर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हन् भने ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी–४ बाट जेष्ठ २४ गते पक्राउ परेका हुन् ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ का १ अनुसार मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको छ । आफूहरू असुरक्षित रहेको भन्दै धरान–१५ का विनोद राई र प्रसन्न लिम्बूले उजुरी दिन गएको बेला आक्रमण प्रयास गर्दा प्रहरीमाथि आक्रमण गरी फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर