खबर पूर्वाञ्चल
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा हिजो अपराहदेखि आज विहानसम्मा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
आज विहान ६ बजे विराटनगर ८ का ७६ वर्षीय वृद्धको मृत्यु भएको छ । वैशख ३० गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै विहान करिब ३ः३० बजे इनरुवा नगरपालिका– ३ सुनसरीका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक वैशाख ३१ गते उपचार केन्द्रमा भर्ना भएका थिए ।
आजै विहान साढे १ बजे सिरहा घर भएकी ५० वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचार केन्द्रका अनुसार हिजो दिउँसो विराटनगर महानगरपालिका– १० का ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । उनलाई वैशाख २९ गते भर्ना गरिएको थियो ।
हिजो दिउँसो नै विराटनगर महानगरपालिका– ९ का ८६ वर्षीय वृद्धको मृत्यु भएको थियो । उनलाई पनि वैशाख ३१ गते नै अस्पताल भर्ना गरिएको थियो ।
यस्तै इटहरी– ७ सुनसरीका ३० वर्षीय पुरुषको हिजो दिउँसो मृत्यु भएको हो । उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख २९ गते भर्ना भएका विराटनगर महानगरपालिका– ८ का ४६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको हिजो अपरान्ह मृत्यु भएको थियो ।
विराटनगर महानगरपालिका– ९ का ५५ वर्षीय पुरुषको पनि कोशी कोभिडमा नै मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।