खबर पूर्वाञ्चल
मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरबाहेक सुन्दरहरैचामा १६, बुढीगंगामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनबर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान, र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, बर्जु र गढीमा १–१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै झापाको दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२, कनकाईमा १, ते¥हथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३ सय ३४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ६९ पुगेको छ ।
प्रदेश १ मा आज ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ७० महिला र २ सय ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।