AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०७७, आईतवार १९:३३
1.66k
Shares
विराटनगर/ शान्ति युवा क्लबले आर्थिक विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक समाग्री वितरण गरेको छ ।

क्बलले विराटनगर – ११ पञ्चमुखीचौकमा रहेको अरुणदय आधारभूत विद्यालयमा अध्ययरत २ सय ५० जना विद्यार्थीहरूलाई आज शैक्षिक सामाग्री वितरण गरेको हो ।

पढाइप्रति रुची बढाउनु उद्देश्यले विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको क्बलका अध्यक्ष विपुल चौधरीले जानकारी दिए । यो क्बलले आर्थिक अवस्था नाजुक भएका विद्यार्थीहरुलाई निःशुल्क टियुसन पनि पढाउँदै आएको छ । क्बलले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई टियुसन पढाउने गरेको क्बलका अध्यक्ष चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर