AArya
RUMPUM
animated ellipse animated ellipse

विदेशीमुद्रा सञ्चित गर्ने अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७७, बिहीबार १९:३२
324
Shares
विराटनगर / बहुमूल्य रुपमा रहेको विदेशी मुद्रा खर्च गरी विदेशमा अध्ययन गर्न जाने कार्यलाई नियन्त्रण गर्न स्वदेशमा गुणस्तरीय अन्तर्राष्ट्रियस्तरको पठनपाठनको शुरु भएको छ ।

नेपालको औद्योगिक समूह सिजी ग्रुपले तीन सय करोडको लगानीमा ‘भविष्यको शिक्षा स्वदेशमा’ अध्ययन अन्तर्गत भक्तपुर जिल्लाको सूर्यविनायक–७ गुुण्डुमा स्थापित ‘काठमाडौ वल्र्ड स्कूल’मा शिशु कक्षादेखि १२ कक्षासम्म विद्यालय सञ्चालनमा ल्याएको आज विराटनगरमा आयोजित अभिभावकसँगको अन्तरक्रियामा जनाएको छ ।

विद्यालयका प्राचार्य केशरबहादुर खुलालले आधुनिक प्रविधिको प्रयोगका साथै विश्व बजारमा खपत हुन स्तरको गुणस्तरीय अध्ययनको व्यवस्था गरिएको बताउँदै प्रदेशस्तरमा विद्यार्थीहरुको भर्ना गरिने जानकारी दिए ।

विद्यालयका व्यवस्थापक मिथिलेशकुमार झाले भारतमा मात्र ६० हजार नेपाली विद्यार्थीहरु अध्ययन गरिएको रहेको र उनीहरुले मासिक रुपमा भारतीय रुपैया एक लाख शुल्क तिर्ने गरेकोमा यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय सञ्चालनमा ल्याइएको बताए ।

अभिभावकद्वय दिपक सुवेदी र पूर्व प्रधानाध्यापक कृष्ण सुवेदीले प्रदेशका गरीब, दलित एवं सीमान्तकृतवर्गका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर