खबर पूर्वाञ्चल
आज विराटनगरमा आयोजित एक कार्यक्रममा उनले प्रदेशको मुख्यमन्त्री अयोग्य, असक्षम एवं भ्रष्ट भएर अविश्वास नआएको बताउँदै साथीहरुले ठूलो भाग खोज्न गलत नियतले आएको प्रष्ट परे । मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको विधि विधान अनुसार सामाना गर्ने बताउँदै यो अन्यौतालाई छिटै समाधान गर्ने बताए ।
प्रदेश सरकार विधि विधान ऐन कानून अनुसार सञ्चालन रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले प्रदेशमा अस्थिरता सिर्जना कार्यलाई छिट्टै समाधान गर्ने बताए । उनले मुख्यमन्त्रीको रुपमा एउटा पद, नाम राख्न मात्र आएको होइन भन्दै संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने प्रतिवद्धताका एवं प्रणालीका कायम गर्न सफल नेतृत्वको साथ आएको प्रष्ट पारे ।
प्रदेशको विकास र जनताको समृद्धिको चाहनामा योगदान गर्ने, इच्छा शक्ति, इमान, नैतिक मूल्यका आधारमा मुख्यमन्त्रीको पद सम्हालेको बताउँदै मुख्यमन्त्री राईले शिर ठाडो पारेर अविश्वास प्रस्तावको सामान गरी गलत खालको प्रयासको सामाना गरी प्रदेशवासी वीच उभिने बताए ।