AArya
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री ओली विरूद्ध विराटनगरमा बयलगाडा प्रर्दशन (फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ पुष २०७७, आईतवार १८:२९
1.11k
Shares
विराटनगर/ प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै विराटनगरमा विद्यार्थीहरुले बयलगाडा ¥याली निकालिएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूह समर्थक अनेरास्ववियु जिल्ला कमिटी मोरङले विराटनगरमा आज बयलगाडा ¥याली निकालेको हो । प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै सो ¥याली निकालेको अनेरास्ववियुले जनाएको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधी सभा विघटन गरेको असंवैधानिक कदमको विरोध स्वरूप बयलगाडा ¥याली निकालेका हुन् ।

विराटनगरस्थित रोडशेष चौकदेखि निकालेको बयलगाडा ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरि स्थानिय ट्राफिक चौकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै पूर्व सवंविधान सभा सदस्य मिना यादवले प्रधानमन्त्री ओलीले संधिवानमा हुदै नभएको अधिकार प्रयोग गरि असंवैधानिक निर्णाय गरेको बताइन् । उनले ओलीलेको संबैधानिक कदमले देशमा अस्थिरता र अराजकताको संकट निमत्यौको बताइन् ।

कार्यक्रममा अधिवक्ता पुरूषतम नेपालले प्रधानमन्त्रीले संविधानमा हुदै नभएको अधिकार दुरूपयोग गरेको बताए । संबिधान विपरित देश चलाउने अधिकार कसैलाई पनि नभएको भन्दै विधीको शासनका लागि विघठित प्रतिनिधि सभा पुनःस्थापना गर्नु बाहेक अदालतलसँग पनि अर्को बिकल्प नएको बताए । ‘प्रमको कदम पूर्ण रूपमा असंबैधानिक छ । यस्तो कदमलाई सबैले गलत भन्न हिच्किचाउनु हुदैन,’ अधिवक्ता नेपालले भने । शक्तिको आडमा संविधानको दुरूपयोग गर्ने कार्य अति नै सम्बेदनशिल भएकोले चुप लागेर बस्नु अपराध सरह हुने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर