AArya
RUMPUM
animated ellipse animated ellipse

प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०७७, बुधबार १६:५४
279
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङले प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीलाई संघले स्वास्थ्य सामाग्री बितरण गरेको हो । जनताको सुरक्षामा अवरात खटिने प्रहरीलाई संघले सेनिटाइजर, सर्जिकल माक्सलगायतका अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धब पोखरेललाई हस्तान्तरण गरेका हुन् । संघले यसअघि पनि कोरोना भाइरस संक्रमणबाट जोगिन मोरङ प्रहरीसहितका मातहतमा ६ वटा इलाका प्रहरी कार्यालयहरूमा स्वास्थ्य समाग्री वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर