animated ellipse animated ellipse

बलात्कार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबालाई सफाइ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०७७, सोमबार १८:३७
1.12k
Shares
फाइल तस्वीर
विराटनगर / आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीले अदालतबाट सफाइ पाएका छन् ।

आज जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका गिरीको  बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको थियो । मुद्दाको पेसी सार्न दिएको निवेदनलाई बेबस्ता गर्दै जिल्ला अदालतले  सफाइ दिएको हो ।

गिरीको तर्फबाट वकिलहरुको मात्र एकतर्फी बहस सुनेपछि न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएका हुन् ।जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलका अनुसार अभियोग दाबी नपुगेकाले कोइरालाको इजलासले गिरीले सफाइ पाउने ठहर गरेको हो ।

सो मुद्दामा आज तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले भने अदालतमा निवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालययको निवेदन दर्ता नगरी अदालतले गिरीलाई सफाई दिएको हो । बलात्कार मुद्धामा थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वाेच्चसम्म मुद्दा पुगेकोमा गत साता मात्र सर्बाेच्चले उनलाई थुनामै राखेर पुर्पपक्ष गर्न आदेश दिएको थियो । यसअघि मुद्दाको प्रारम्भिक सुनुवाईमा पनि सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गरेकोमा उच्च अदालत विराटनगरले थुनामा पठाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयबाट सर्बाेच्चमा बहसको क्रममा मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको र जिल्लामा फिर्ता नआएकोले आजको पेशी सार्न सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो ।

आफूहरुसँग मिसिल नभएकाले पेशी सार्न माग गर्दै पत्र बुझाएको तर सुनुवाई नभएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले जानकारी दिए ।

आजको इजलासमा पत्र बुझाउँदा न्यायाधीशले बुझ्न अस्वीकार गरेको, दर्ता फाट र श्रेस्तेदारलाई बुझाउदा पनि पत्र नबुझेपछि सरकारी वलिक बहसमा नगएको उनको भनाइ छ । सरकारी वकिलको कार्यालय मिसिल आएपछि बहस गर्न केही समय माग गरेकोमा अदालतबाट सुनुवाई नगरी एकतर्फी बहस सुनेर फैसला भएको जनाएको छ ।

गिरीको मुद्दामा बहस गर्ने सरकारी वकिलको सरुवा भएकोले अहिले बहस गर्न मिसिल आवश्यक परेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर