AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज थपिए ८० जना कोरोना संक्रमित, निको भए ९६ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०७७, सोमबार १८:१२
459
Shares
विराटनगर/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८० जना कोरोना संक्रमित थपिएका छन् भने ९६ जना निको भएर घर फर्किएका छन् ।
मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमित पुष्टि भएको छ भने होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १५, सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१ , झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा ३–३, बा¥हदशी, अर्जुनधारा र गौरादहमा २–२, भद्रपुर, बुद्धशान्ति, कनकाई र कचनकवलमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इनरुवा र धरानमा ३–३, इटहरीमा २, हरिनगर र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । इलामको माईमा ५ , इलाम नगरपालिकामा २, संखुवासभाको सभापोखरी, धर्मदेवी र मादीमा १–१, ताप्लेजुङको फुङलिङमा २, याङवरकमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५० पुगेको छ ।

प्रदेश १ मा आज ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९६ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर