खबर पूर्वाञ्चल
महिलामाथि हुने हिंसाको घटनालाई न्यूनिकरण गरिनको लागि प्रत्येक स्थानिय तहले सचेतामुलक कार्यक्रमसँगै प्रत्येक पालिकाले एक जना मनोविमर्श केन्द्र स्थापना गरिनुपर्ने उनीहरूले बताएका हुन् ।
ओरेक नेपाल, सामुदायिक सेवा केन्द्र र महिला मानव अधिकार रक्षकहरुको संजाल मोरङले संयुक्त रूपमा विराटनगरमा आज आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरूले सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र हिंसाको घटनामा कमी आउने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ओरेक नेपाल मोरङका परियोजना संयोजक दीपक सेन्चुरीले महिला माथि हुने हिंसाको घटना बढेर गएको बताए । उनले प्रदेश १ मा सन् २०१९ जुलाईदेखि २०२० जुनसम्म ६४ प्रतिशत महिलाहरू घरेलु हिंसाको सिकार भएको जानकारी दिए । एक वर्षमा प्रदेशमा ४ सय १८ महिला घरेलु हिंसाको सिकार भएको ओरेक नेपाले सार्वजानिक गरेको अभिलेखमा देखिन्छ । यस्तै सामािजक हिंसामा ७३, सामूहिक बलत्कार ९१, यौन हिंसामा २८, मानव बेचबिखनमा २, हत्यामा २, आत्महत्यामा २ र अन्य हिंसा १६ गरि जम्मा ६ सय ५२ हिंसाको घटना भएको ओरेक नेपालले जनाएको छ । यस्तै मोरङमा २ सय ७९ वटा महिला माथि हुने हिंसाको घटना भएको ओरेकको अभिलेखमा छ ।