AArya
RUMPUM
animated ellipse animated ellipse

हतियारसहित एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७७, मंगलवार १३:३३
297
Shares
विराटनगर / मोरङ मिक्लाजुङ–१ सिलिलिङ हतियारसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिक्लाजुङ–१ सिलिलिङे ५८ बर्षीय अरुण भन्ने अमृतबहादुर श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको छ । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५ सय ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो ।

हतियारसहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर