AArya
RUMPUM
animated ellipse animated ellipse

आकर्षक तलबको प्रलोभनमा पारेर तीन युवतीलाई भारत लैजाँदै गर्दा दुई भारतीयसहित चार जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७७, बुधबार २०:०५
981
Shares
सुनसरी /आकर्षक तलबको प्रलोभनमा पारेर मोरङ विभिन्न स्थानका तीन युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा सुनसरी प्रहरीले दुई भारतीय नागरिसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरी प्रहरीले गढी गाउँपालिकाको औरावनी चेक पोइन्टमा शङ्का लागेर जाँच गर्ने क्रममा भारत विहार राज्यस्थित अररिया जिल्ला चहटपुर ग्राम पञ्चायतका दुई युवकसहित सुनसरी र मोरङका चार युवालाई पक्राउ गरेको हो । उनीहरुले युवतीलाई जागिर लगाइदिने र मासिक ६० हजार दिलाइदिने भन्दै भारत लैजाँदै गर्दा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–८ का २८ वर्षीय सचिन मेहता, मोरङको विराटनगर महानगरपालिका–१७ का २४ वर्षीय वरुणकुमार मण्डल, भारत विहारको अररिया जिल्ला चहटपुर ग्रामपञ्चायत–७ पलासीका ३७ वर्षीय दिलीपकुमार साह र भारतकै विहारको अररिया जिल्ला चहटपुर ग्रामपञ्चायत–१० का ३५ वर्षीय दिलीप यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाका अनुसार भारतमा राम्रो–राम्रो काम पाइन्छ र महिनाको ६० हजारसम्म पैसा हुने भन्दै प्रलोभनमा पारी उनीहरूले बेलबारीकी २ जना र विराटनगर–१७ की १ जना गरी ३ जना युवतीहरूलाई कार्तिक १७ गते इनरुवा टेम्पो स्टेनमा बोलाएका थिए ।

राति मिनि हाई वे होटलमा बास बसी भोलिपल्ट भारत जान गाडीमा विराटनगरतर्फ जानेक्रममा गढी गाउँपालिकाको औरावनीमा जिल्ला प्रहरी कार्यालयको टोलीले चेक जाँच गर्दा शंकास्पद अवस्था देखिएपछि आवश्यक अनुसन्धानका लागि जिप्रका ल्याइएको उनले बताए ।

प्रहरीले उनीहरूलाई अपराध संहिता २०७४ अनुसार मानव बेचविखन मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर